२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर फुटबल ट्रेनिङ सेन्टरका बालबालिकासँग नगरप्रमुखको उत्प्रेणात्मक कार्यक्रम


भद्रपुर, बैशाख ६ । झापाको भद्रपुरमा रहेको भद्रपुर फुटबल ट्रेनिङ सेन्टरले नगरप्रमुख गणेश पोखरेलसँग उत्प्रेणात्मक कार्यक्रम गरेको छ ।

भद्रपुर-१० कलवलगुढीमा रहेको सेन्टरको खेल मैदानमा नगरप्रमुख पोखरेलले अन्डर १३ का प्रशिक्षार्थी खेलाडीहरुलाई हौशला प्रदान गरेको सेन्टरका अध्यक्ष मित्र बस्नेतले बताए ।

आज भएको कार्यक्रममा नगरप्रमुख पोखरेलले आगामी दिनमा सेन्टरलाई नगरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको सेन्टरका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

स्थानीय ५० भन्दा बढी बालबालिकालाई फुटबल प्रशिक्षण गराउँदै आएको सेन्टरले गत वर्ष कात्तिकमा जिल्लास्तरीय अन्डर १३ फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

सेन्टरले प्रत्येक वर्ष कात्तिकमा सो प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ । अध्यक्ष बस्नेतको प्रशिक्षणमा सेन्टरले बालबालिकालाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

Adv footer