२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

चारपाने युनाइटेडलाई उर्लाबारी भेट्रान्स फुटबलको उपाधि


बिर्तामोड, बैशाख ६ । तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापा बिर्तामोडको चारपाने युनाइटेड एफसीले उचालेको छ ।

फाइनलमा दमक लखनपुर भेट्रानलाई २–० गोल अन्तरले हराउँदै चारपानेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै चारपानेले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उर्लाबारी–६ राधिका माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा उपविजेतामा सीमित दमक लखनपुरले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

चारपानेका लागि खेलको २४ औँ मिनेटमा कृष्ण शाक्यले गोल गरे । दमकका खेलाडी अजित तुम्वाफोले फाउल गरेपछि पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै शाक्यले प्रहार गरेको बलले जाली चुमेको थियो ।

त्यस्तै, दिपेन्द्र श्रेष्ठले अतिरिक्त समयमा १ गोल थाप्दै खेलको स्थिति २–० गोल अन्तरमा पुर्‍याएका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच दमकका सुवास आङथोपो भए । उनले नगद १ हजार १ सय र ट्रफी पाए ।

प्रतियोगिताको बेस्ट डिफेन्डरको दमकका अजित तुम्वाफो, हाइ स्कोरर दमकका दिपेन गिरी भए । उनीहरुले नगद २ हजार, मेडल र ट्रफी पाए ।

त्यस्तै, बेस्ट गोलकिपर चारेपानेका रुपक तामाङ, बेस्ट मिडफिल्डर चारपानेका धनबहादुर गुरुङल, बेस्ट फरवार्ड चारपानेका दिपेन्द्र श्रेष्ठ भए । उनीहरुले नगद २ हजार, मेडल र ट्रफी पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चारपानेका कृष्ण शाक्यले भए । उनले नगद ५ हजार, मेडल र ट्रफी प्राप्त गरे । प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १० टिमको सहभागिता रहेको थियो ।

Adv footer