२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भट्रान फुटबलः बिर्तामोड र आयोजकको शानदार जित


भद्रपुर, बैशाख ८ । बिर्तामोड भेट्रान एफसी र आयोजक चन्द्रगढी भेट्रान क्लबले गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा उत्कष्ट जित निकालेका छन् ।

भद्रपुरको मेची रंगशालामा भएको तेस्रो खेलमा दमक लखनपुर भेट्रान एफसीलाई ४–२ गोल अन्तरले हराउँदै बिर्तामोड क्वार्टर फाइनलमा प्रवेश गरेको हो । बिर्तामोडका लागि खेलको ३४ औँ मिनेटमा सुरज प्रधानले गोल गरे भने खेलको ३९ औँ, ४० औँ र ४९ औँ मिनेटमा कृष्ण शाक्यले ह्याट्रिक पूरा गरे ।

खेलमा दमक लखनपुरका सुवास आङथपोले २२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि सम्हालिन नसक्दा हार व्यहोर्नु पर्यो । ५८ औँ मिनेटमा दमक लखनपुरले सान्त्वना गोल फर्काएको थियो । खेलको प्लेयर अफ द म्याच बिर्तामोडका तीन गोलकर्ता शाक्य भए । उनले नगद २१०० रुपैयाँ पाए ।

त्यस्तै, चौथो खेलमा आयोजकले शानदार जित दर्ता गर्यो । ज्ञानेचोक भेट्रान्समाथि ६–२ गोलल अन्तरको फराकिलो जित निकाल्दै चन्द्रगढी क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

चन्द्रगढीका लागि खेलको पहिलो, ३४ औँ, ३७ औँ र ४७ औँ मिनेटमा सुवास खड्काले गोल गरे । त्यस्तै, खेलको ३९ औँ मिनेटमा निरु लिम्बू र ५५ औँ मिनेटमा रोजेश भण्डारीले गोल गरे ।

ज्ञानेचोकका लागि १९ औँ मिनेटमा विमल राउत र ३८ औँ मिनेटमा ललितकुमार लिम्बूले गोल गरे । खेलको प्लेयर अफ द म्याच चन्द्रगढीका सुवास खड्का भए । उनले नगद २१०० रुपैयाँ पाए ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer