२०८२ बैशाख ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा ट्र्याक्टरले पल्टिँदा सहचालकको मृत्यु


बिर्तामोड, बैशाख ११ । झापाको बुद्धशान्तिस्थित भित्री सडक खण्डमा ट्र्याक्टर पल्टिएर किच्दा सोही ट्र्याक्टर सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक बुद्धशान्ति–१ भोटेटार बस्ने २४ वर्षीय प्रेम गुरुङ रहेका छन् । उनलाई ट्रयाक्टरको इन्जिनले किचेको थियो ।

बुद्धशान्ति–१ भोटेटारस्थित भित्री सडकखण्डमा बिरिङ खोलाबाट भोटेटार गाउँतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ त ८३३ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा आज बिहान अन्दाजी ११ बजे सो दुर्घटना भएको हो ।

गम्भीर घाइते गुरुङलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ११ः५५ बजे अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा रहेको छ भने ट्र्याक्टर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

Adv footer