२०८२ बैशाख १४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

लैङ्गिक हिंसा निवारणसम्बन्धी पाँच दिने प्रदेशस्तरीय तालिम सुरु


बिर्तामोड, बैशाख १३ । लैङ्गिक हिंसा निवारणसम्बन्धी पाँच दिने प्रदेशस्तरीय खोज पत्रकारिता तालिम आजदेखि विराटनगरमा सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागको आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा भएको तालिममा प्रदेशका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

प्रदेश उपाध्यक्ष तथा महिला विभाग प्रमुख अम्बिका भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव हिमा चेम्जोङले गरेकी थिइन् भने तालिमको सहजीकरण केन्द्रीय अध्यक्ष निर्मला शर्मा र खोज पत्रकारिता केन्द्रका प्रमुख शिव गाउँलेले गर्ने छन् ।

Adv footer