२०८२ बैशाख २१ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सुरुङ्गामा अवैधरुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर काठ बरामद


बिर्तामोड, बैशाख २० । झापाको कनकाईमा सशस्त्र प्रहरीले अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई पक्राउ गरेको छ ।

हिजो राति अन्दाजी १०ः५० बजे कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेश शनिश्चरेबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मे १ त ४९४७ नम्बरको ट्रयाक्टरमा इलामबाट झापातर्फ ल्याउँदै गरेको विलविजक पुरा नभएको अन्दाजी रु २ लाख ५० हजार बराबरको १८० क्यु.फिट चिलाउने जातको गोलिया काठ बरामद गरेको हो ।

काठसंगै सशस्त्र प्रहरीले ट्रयाक्टर चालक इलाम माई नगरपालिका – ७ बस्ने २२ वर्षीय प्रविन खड्का र सहचालक इलाम माई नगरपालिका– ८ बस्ने १७ वर्षीय दिवस खड्कालाई नियन्त्रणमा लिएको छ ।

काठ र अन्दाजी ७ लाख बराबरको ट्रयाक्टर गरी जम्मा ९ लाख ५० हजार बराबरको गोलिया काठ, ट्रयाक्टर र दुवैजनालाई आवश्यक कार्वाहीको लागि आज बिहान कन्काई सब डिभिजन वन कार्यालय सुरुङगामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले बताए।

Adv footer