२०८२ बैशाख २७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सानो प्रयास युवा समाजद्वारा ३०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


दमक, बैशाख २६ । झापा दमकको सामाजिक संस्था सानो प्रयास युवा समाजले दमकको दिपिनी आधारभूत विद्यालयका ३०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

संस्थाले गर्ने मासिक कार्यक्रमअन्तर्गत आज दिपिनी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

आज दिपिनी आधारभूत विद्यालयका ३०० जना विद्यार्थीहरूलाई कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पाँचवटाका दरले र कक्षा ५ देखि ८ कक्षासम्मलाई सातवटाका दरले १५०० वटा कपी, पेन्सिल, बलपेन वितरण गरेको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।

संस्थाले दमक क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री, न्यानो कपडा आश्रमहरुलाई खाद्यान्न लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

संस्थाले स्थापनाकालमा कोभिड महामारीको समयमा दमकमा रहेका सडक मानव, हस्पिटलमा आएका बिरामी कुरुवालाई खाना वितरण गरेको थियो ।

Adv footer