२०८२ बैशाख २७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

निलसरी च्यालेन्ज कप: आयोजक उपाधिनजिक


मेचीनगर, बैशाख २७ । झापा एफसी राजगढलाई पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल मेचीनगरस्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजकले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो जितसँगै आयोजकले कम्तिमा एक लाख नगदसमेत सुरक्षित गरेको छ ।

राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ र रेजिन सुब्बासहित मैदान उत्रिएको आयोजकसँग झापा एफसीले तुलानात्मक रूपमा सन्तोषजनक खेलेको थियो ।

आयोजकको तर्फबाट सुब्बाले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यही एक गोल नै निर्णायक बन्यो ।

खेलको प्लेयर अफ द म्याच सुब्बा भए । उनलाई कोशी प्रदेशसभाका पूर्वसदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणि ओलीलगायतले नगद २५०० नगद र ट्रफी प्रदान गरे ।

प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आइतबार बेलबारी एफसी मोरङ र रेडहर्स इलाम एफसीबीच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० प्राप्त गर्नेछन् । त्यस्तै, अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।

Adv footer