२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरको मकैबारीमा भेटिएको शव जोगीको


बिर्तामोड, बैशाख २८ । झापाको भद्रपुरमा सडेगलेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक भद्रपुर नगरपालिका-२ सोमबारे निवासी अन्दाजी ५० वर्षीय भुवनसिंह जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भुक्के जोगी काकाले नामले चिनिने उनी बैशाख २५ गतेदेखि हराएका थिए । उनको शव आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका–४ बद्रीगाउँस्थित मकैबारीमा भेटिएको थियो ।

निलो रङको हाफ पाइन्ट, कालो भेस्ट र बायाँ हातमा घडी लगाएको, उत्तानो परेको अवस्थामा शव फेला परेको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा शवको पोस्टमार्टमका पश्चात परिवारजनले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।

Adv footer