बिर्तामोड, बैशाख ३१ । झापाको हल्दिबारीमा एकजना मानिस शौचालय गएको बेला शौचालयभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ ।
आज बिहान हल्दिबारी-२ आसमानबारीका ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दिलबहादुरकै छिमेकमा बस्ने दाजु राजकुमार राजवंशीले शौचालय जाँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । दिलबहादुर एक्लै बस्दै आएका थिए ।
प्रहरी आएर हेर्दा शौचालयको ढोका भित्रबाट चुकुल लगाएको र खोलेर हेर्दा दिसा गर्न बस्दा बसेकै ठाउँमा मृत अवस्थामा रहेको पाएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।