
भद्रपुर, जेठ १ । झापाको भद्रपुरमा पूर्वनगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भद्रपुर साइकल समाज गठन गरिएको छ । समिति ११ सदस्यीय रहने बताइएको छ ।

समितिको उपाध्यक्षमा जितु शर्मा, सचिवमा प्रवेश न्यौपाने, सहसचिवमा सुजित बान्तवा राई र कोषाध्यक्षमा देवीबहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा उज्ज्वल श्रेष्ठ, वेनम योङहाङ लिम्बू, युवराज लावती, मुकेश दाहाल रहेका छन् । दुईजना सदस्य पछि थप गरिनेछ ।

समितिको सल्लाहकारमा प्रदेशसभा सदस्य मोहन महर्जन, टिकाराज ढकाल, मनोज सिंह, तिलकसिंह पाण्डे, यदुनाथ दाहाल, सुशील धमला, भेषराज ढकाल, दिपक तिम्सिना रहेका छन् ।

समाजले जेठ २० विश्व साइकल दिवस र जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर सामुहिक साइकल र्याली आयोजना गर्ने भएको छ ।

र्यालीले नगरपालिकाका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक महत्वका क्षेत्रहरुको परिक्रमा गर्ने अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, भद्रपुरका प्रत्येक टोल तथा वडास्तरमा साइकल गतिविधिका बारेमा विषय उठान गर्दै बजेट विनियोजनका लागि माग गर्ने निर्णय गरिएको छ ।