
बिर्तामोड, जेठ ३ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल भद्रपुरको ग्यालेक्सी इङलिस स्कुुलमा बाल क्लब पुनर्गठन गरिएको छ । ग्यालेक्सी बला क्लबले नयाँ समिति बनाएको हो ।
क्लबको अध्यक्षमा सिर्जन तामाङ चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा विशाल गुरुङ, सचिवमा रुजिसा सुवेदी, सहसचिवमा अभिषेक उप्रेती र कोषाध्यक्षमा ऋतिका राजवंशी रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा जेनिसा पराजुली, संस्कृति नेपाल, आदित बस्नेत, अंश झा, कुशल कर्मचार्य, कामना कार्की, इसिका सुवेदी, अभिषेध केसी, समर्पण भण्डारी र सञ्जोग लिम्बू रहेका छन् ।

हाल कक्षा १० सम्म अध्ययन भइरहेको ग्यालेक्सीले यसै शैक्षिकसत्रदेखि कक्षा ११ को पढाइ सुरु गर्ने विद्यालयका सञ्चालक विवेक चम्लागाईंले जानकारी दिए ।

प्रणामी टोलमा रहेको विद्यालय भद्रपुर नगरकै उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । प्याब्सनका प्रतियोगिता तथा अन्य गतिविधिमा ग्यालेक्सी अग्रस्थानमा रहँदै आएको चम्लागाईंले बताए ।
