२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशस्तरीय बक्सिङका लागि झापाबाट ९ खेलाडी छनोट


बिर्तामोड, जेठ ४ । झापाको अर्जुनधारामा हुने कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताका लागि झापा जिल्लाका खेलाडी छनोट गरिएको छ । बिर्तामोड बसपार्कमा रहेको एक्सथ्री बक्सिङ क्लबमा खेलाडी छानिएको हो ।

झापा जिल्ला बक्सिङ संघको आयोजनामा भएको छनोट प्रतियोगितामा जिल्लाभरिका २५ जना खेलाडीको सहभागिता रहेको क्लबकी अध्यक्ष जोया सुब्बाले जानकारी दिइन् ।

आगामी जेठ ८ देखि १० गतेसम्म अर्जुनधारामा हुने प्रतियोगिताका विभिन्न तौल समूहमा लागि ९ जना खेलाडी छनोट गरिएको प्रशिक्षक तथा छनोट प्रतियोगिताका टेक्निकल सुपरभाइजर डम्बर लिम्बूले बताए ।

छनोट प्रतियोगिताबाट ४८ केजीमा बिर्तामोडका निरज सिटौला, ५१ केजीमा दमकका युवराज भट्टराई, ५४ केजीमा मेचीनगरका प्रतिक गौतम, ५७ केजीमा भद्रपुरका अनिल राई छनोट भएका छन् ।

त्यस्तै, ६० केजीमा भद्रपुरका सुस्मिता श्रेष्ठ र अन्वेष भट्टराई, ६३ केजीमा कनकाईका रिवाज गुरुङ, ७१ केजीमा भद्रपुरका भिक्टर राई र ८६ केजीमाथि समूहमा मेचीनगरका रिजन श्रेष्ठ छनोट भएका छन् ।

संघका अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय निर्णायक तर्कराज राई, रेफ्रीहरु सीताराम सिटौला, दिनेश राय क्षेत्री, सुरज राई, रिन्टु हस्दा लगायतले खेलाडी छनोट गरेका थिए ।

Adv footer