२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा दुई सातामा तीनवटा घरमा चोरी, प्रहरी ‘हेरेको हेर्‍यै’


बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा पछिल्लो दुई सातामा तीनवटा घरमा चोरी भइसकेको छ । शहरीकरणसँगै बढ्दो जनघनत्वले चोरी, लुटपाटका घटना बढाउँदै लगेको छ ।

तेस्रोपटकसम्म घरबाट लाखौँ रुपैयाँका धनमाल चोरी हुँदा पनि इलाका प्रहरी कार्यालय अनारमीले चोर पत्ता लगाउन सकेको छैन । प्रहरीलाई हेरेको हेर्यै पारेर चोरहरुले शृंखलाबद्ध रुपमा घर फोडिरहेका छन् ।

तीवटै चोरीका घटना घरमा कोही नभएको मौका छोपेर भएका छन् । घरबाहिर जाँदा चाबी घरमै कतै राखेर निक्सिँदा चोरले चाबी पत्ता लगाएर लुट्ने गरेको पाइएको छ ।

हिजो राति मात्र बिर्तामोड-५ कञ्चनजंघा टोलका कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, चाँदीको गरगहना ६ तोला र नगद २० हजार गरी अन्दाजी १३ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको छ । बुढाथोकी परिवार इटहरी गएका थिए ।

यसअघि बिर्तामोडमा कोही नभएको मौका छोपेर बैशाख २६ गते बिर्तामोड-३ पुण्डरी टोलका किरण दाहालको घरबाट २९ लाखको र बैशाख १५ गते बिर्तामोड-४ हिमशिखर टोलका कमला कार्कीको घरबाट दिउँसै २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।

Adv footer