२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बि डिभिजन लिगमा टुसाललाई हराउँदै झापा चौथो स्थानमा


बिर्तामोड, जेठ ४ । बिर्तामोडको झापा फुटबल क्लबले श्री टुसाल युवा क्लबमाथि जित दर्ता गरेको छ । सहिद स्मारक ‘बि’ डिभिजन लिगमा आज झापाले टुसाललाई २–० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा झापाको जितका लागि दुवै गोल प्रदिप बुढाथोकीले गरे । जितसँगै चौथो स्थानमा उक्लिएको झापाले १२ खेलबाट १८ अंक पुर्‍याएको छ ।

१२ औँ चरणको खेलमा बुढाथोकीले खेलको ५९ औँ मिनेटमा झापालाई अग्रता दिलाएका थिए । विपक्षी रक्षापङ्क्तिको अनियन्त्रित तालमेलको फाइदा उठाउँदै उनले गोल गरेका थिए ।

इन्ज्युरी समयमा बुढाथोकीको लोअर प्रहारले दोस्रो बारको जाली चुमेको थियो । खेलको प्लेयर अफ द म्याच झापाका दुई गोलकर्ता बुढाथोकी भए । उनले नगद ७५०० रुपैयाँ र ट्रफी पाए ।

Adv footer