२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

कनकाईमा अनलाइन सट्टाबाजीः आमा रिहा, छोरीमाथि थप अनुसन्धान


बिर्तामोड जेठ १४ । झापाको कनकाईमा अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा पक्राउ परेका आमाछोरीमध्ये आमालाई प्रहरीले हाजिरी जमानीमा छाडेको जनाएको छ ।

झापाको कनकाई ८ लक्ष्मीपुरबाट पक्राउ परेका आमाछोरीका बारेमा प्रहरीले गहन अनुसन्धान पनि सुरु गरेको छ । चार दिनको अनुसन्धान पूरा भएपछि आमा इन्दिरा प्रसाईंलाई छाडिएको हो ।

छोरी सिमरन प्रसाईंमाथि अदालतसँग थप म्याद मागेर हिरासतमै राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।

आमाछोरीले अनलाइन जुवाको कनेक्सन गराइदिने काम गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुमार्फत धेरैले अनलाइन जुवा खेलेको खुल्न आएको हो ।

अमेरिकाबाट सञ्चालन भइरहेको अनलाइन जुवाको एजेन्टको रुपमा उनीहरुले काम गर्दै आएको प्रहरीले जनाएको छ ।

आमा ४१ वर्षीया इन्दिरा र उनकी छोरी २१ वर्षीया सिमरन गत मंगलबार राति लक्ष्मीपुरस्थित घरबाटै पक्राउ परेका थिए ।

Adv footer