२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

दुर्घटनामा घाइते बिर्तामोडका राजवंशीको मृत्यु


बिर्तामोड, जेठ १५ । तीन दिनअघि मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका झापा बिर्तामोड–१ का एकजना मानिसको उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङको उर्लाबारीमा भएको दुर्घटनामा घाइते ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीको आज बिहान २ बजे उपचारको क्रममा न्युरो हस्पिटल विराटनगरमा मृत्यु भएको हो ।

सोमबार राति उर्लाबारी–३ सोल्टी पुलस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३प २५०५ नम्बरको मोटरसाइकलले पैदलयात्री राजवंशीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि न्यरो हस्पिटल भर्ना गरिएको थियो । उनकने उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक धरान–१५ घर भई हाल उर्लाबारी–३ मा बस्ने ३२ वर्षीय ईश्वर शंकर सामान्य घाइते भएका थिए । मोटरसाइकल चालक शंकर डिस्चार्ज भई उर्लाबारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Adv footer