२०८२ साउन १७ शनिबार
Jhapa Today
Adv top

बिर्तामोडमा फर्स्ट स्टेप कन्सल्टेन्सी सञ्चालन हुँदै


बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा फर्स्ट स्टेप एजुकेसनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ । १७ वर्षदेखि शैक्षिक परामर्शको काम गर्दै आएको फर्स्ट स्टेप यो पाँचौँ शाखा हो ।

बिर्तामोडस्थित निर्माणाधीन कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले बिर्तामोडबाट फर्स्ट स्टेप एजुकेसनलले सेवा प्रारम्भ गर्न लागेको जानकारी दिए ।

काठमाडौँ, बुटवल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले केही साताभित्रै झापाको बिर्तामोडबाट सेवा सुरु गर्ने भएको हो ।

“काठमाडौँमा हुँदादेखि नै मैले झापाबाट धेरै विद्यार्थी भर्ना गराएको छु”, पौडेलले भने, “हामी सबै सर्टिफाइ छौँ, झापाबाट पनि राम्रो काम गरेर फर्स्ट स्टेपप्रतिको विश्वास अझ बढाउँदै लैजाने छौँ ।”

आफूहरुसँग १७ वर्ष लामो अनुभव भएको बताउँदै फर्स्ट स्टेपबाट गएका धेरै विद्यार्थीहरुले राम्रो सफलता हात पारिसकेको उनले अनुभव सुनाए ।

कन्सल्टेन्सीले युके, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, इन्डिया लगायतका देशहरुका राम्रा शैक्षिक प्रतिष्ठानमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श र भिसा प्रोसेसिङ साथै त्यहाँको रहनसहन, भाषा, धर्मसंस्कृति, वातावरण जस्ता विषयमा जानकारी दिने पौडेलले बताए ।

फर्स्ट स्टेपको बिर्तामोड शाखाबाट शाखा प्रमुख दीक्षा कार्की बस्नेत, राशिका उप्रेती लगायतको दक्ष टोलीले सेवा प्रवाह गर्ने जनाइएको छ ।

Adv footer