२०८२ जेठ २४ शनिबार
Jhapa Today
Adv top

कमलमा कोशीमै पहिलो स्काउट क्याम्पोरी सुरु


कमल, जेठ २४ । झापाको कमल गाउँपालिकामा कोशी प्रदेशमै पहिलोपटक स्काउटको क्याम्पोरी सुरु भएको छ । एक कार्यक्रमका बीच शुक्रबार प्रथम कमल क्याम्पोरीको उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका बीच कमल गाउँपालिकाकी उपाध्यक्ष तथा कमल स्काउट प्रमुख प्रमिला न्यौपाने, नम्बर २१ बाहिनीका सहायक बाहिनीपति ब्रजेश महर्जनले क्याम्पोरीको उद्घाटन गरे ।

कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालको प्राङ्गणमा स्थानीय स्काउट कार्यालय कमल परिषद्को आयोजनामा सुरु क्याम्पोरी तीन दिनसम्म सञ्चालन हुनेछ ।

“स्वयम् सेवा, अनुशासन र सहकार्यः कमल स्काउटको पहिचान” भन्ने उद्घोषका सञ्चालन हुने गाउँपालिकास्तरीय क्याम्पोरीमा ४५० जना स्काउट, ५० जना स्काउटरको उपस्थिति रहने प्रमुख आयुक्त गुणराज गिरीले बताए ।

क्याम्पोरमा सहभागी स्काउटले २२ वटा साहसिक कार्यसहित अन्य बौद्धिक प्रतियोगितामा समेत सहभागी भएर आफ्नो क्षमता प्रस्तुत गर्ने क्याम्पोरी संयोजक मातृका सुवेदीले जानकारी दिए ।

प्रथम कमल क्याम्पोरीमा गाउँपालिकाका १२ विद्यालयको साथ २ रात ३ दिनसम्म सहभागिता रहेको कमल स्काउट वित्त आयुक्त देवराज बस्नेतले बताए ।

क्याम्पोरीमा सहभागी स्काउटले विद्यार्थीको जीवनमा ठुलो परिवर्तन ल्याउन सहयोग पुग्ने युथ फोरम, केसस्टडी, सहकार्य, अनुशासन लगायतका कुरा सिक्ने छन् ।

क्याम्पोरी उद्घाटन कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएको उपस्थिति रहेको थियो ।

Adv footer