
दमक, असार ५ । मोरङ उर्लाबारी-७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि बालयौन दुरूपयोगको आरोपमा प्रहरीसमक्ष उजुरी दर्ता भएको छ ।

झापा दमकका ५५ वर्षीय श्रेष्ठले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई छातीमा हातले समाउने, शरीरमा हातले सुमसुम्याउने र चलाउने समेत गरेको उजुरीमा उल्लेख छ ।

बाल यौन दुरूपयोग गरेका शिक्षक श्रेष्ठ भागिरहेको र प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । गत जेठ २६ गते दिउँसो २ बजे कम्प्युटर कक्षा कोठामा उनले छात्रामाथि दुव्र्यवहार गरेका थिए ।

सामाजिक विषय पढाउने आरोपित शिक्षक श्रेष्ठलाई खोजी गर्न उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालको नेतृत्वमा प्रहरी खटिएको जनाइएको छ ।

पीडित छात्राकी दिदीले हिजो साँझ इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएकी हुन् । पीडित बालिकालाई शारीरिक स्वास्थ्य परीक्षणको लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।

