२०८२ असार १२ बिहीबार
Jhapa Today
Adv top

झापा गाउँपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डका दुई खेलाडी पुरस्कृत


बिर्तामोड, असार १२ । झापाको झापा गाउँपालिकाले १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा विजयी भएका दुईजना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

गाउँपालिकाको अठारौँ गाउँसभा समापन कार्यक्रममा कार्यवहाक अध्यक्ष अञ्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया लगायतले उनीहरुलाई नगदसहित सम्मान गरेका हुन् ।

१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कोशी प्रथम भएका महमद शेख र झापा प्रथम करिमुदिन मियालाई सम्मन गरिएको हो । शेखलाई १० हजार र मियालाई पाँच हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

डिल्लीराज माध्यमिक विद्यालयका विद्यार्थी शेख कोशी प्रदेशस्तरीय ४ सय मिटर रिले दौडमा प्रथम स्थान हासिल गरी राष्ट्रियस्तरको प्रतिस्पर्धामा छनाट भएका थिए ।

त्यस्तै, जनता माध्यमिक विद्यालयका विद्यार्थी मिया झापा जिल्लास्तरीय ३ हजार मिटर दौडमा तृतीय र १५ सय मिटर दौडमा प्रथम स्थानसहित कोशी प्रदेशस्तरीय प्रतिस्पर्धामा छनोट भएका थिए ।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष थपलियाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत थपलिया, लेखा अकिधृत तथा सूचना अधिकारी लक्ष्मी खतिवडा, स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, परिषद सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Adv footer