२०८२ असार १३ शुक्रबार
Jhapa Today
Adv top

त्रिविको आरडी विभाग प्रमुखमा बिर्तामोडका खरेल


बिर्तामोड, असार १३ । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास (आरडी) केन्द्रीय विभाग कीर्तिपुरको विभागीय प्रमुखमा झापा बिर्तामोडका सहप्राध्यापक डक्टर सुमन खरेल नियुक्त भएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिव समेत खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ग्रामीण विकासमा २० वर्षदेखि प्राध्यापनमा रहेका छन् ।

उनले ग्रामीण विकासअन्तर्गत स्थानीय शासनको सार्वजनिक सेवा प्रवाह विषयमा पिएचडी गरेका छन् । उनले केही दिनमै केन्द्रीय विभाग प्रमुखको पदभार ग्रहण गर्ने छन् ।

खरेलका ग्रामीण विकास, सुशासन, स्थानीय शासन विषयमा अन्तर्राष्ट्रिय जर्नलहरुमा लेखहरु प्रकाशन हुँदै आएका छन् । उनका आधा दर्जन पुस्तकहरु प्रकाशित छन् ।

Adv footer