२०८२ असार १३ शुक्रबार
Jhapa Today
Adv top

न्युटन्समा साइबर क्राइम र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण


बिर्तामोड, असार १३ । झापा बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीमा कार्यशाला गर्दै एक दिने साइबर क्राइम तथा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई साइबर क्राइम र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण दिइएको हो । बालबालिकालाई सचेत बनाउन प्रशिक्षणको आयोजना गरिएको हो ।

विद्यार्थीलाई नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले लागुऔषध र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक प्रदिप आले मगरले साइबर क्राइमबारे प्रशिक्षण दिएका थिए ।

पछिल्लो समय बालबालिकाहरु डिजिटल प्लेटफर्मको दुरुपयोगमा फस्दै गएपछि तथा लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो ।

झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका १३१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यसैबीच, प्रशिक्षणअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईंले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

झापा टुडेका अध्यक्ष तथा सम्पादक हिमाल खरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्यहरु ओमभक्त सेडाईं, दुर्गाप्रसाद शिवाकोटी, मालती विश्वकर्मा, नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष तथा झापा टुडेकी निर्देशक, समाचार प्रमुख विनिशा शर्मा, विद्यालयका इन्चार्ज परसार दाहालको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन न्युटन्सका कक्षा ९ का विद्यार्थी ऋतिका गौतम र लेलिन आचार्यले गरेका थिए भने शिक्षक नेत्र निरौलाले धन्यवाद ज्ञापन गरेका थिए ।

Adv footer