२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

गोमेन्द्र बिर्ता मोडेलले सार्वजनिक गर्‍यो शुल्क विवरण 


बिर्तामोड, असार १५ । झापाको बिर्तामोडस्थित अग्रणी शैक्षिक संस्था गोमेन्द्र बिर्ता मोडेल स्कुलले कक्षा ११ र १२ का लागि नयाँ र आकर्षक शुल्क संरचना सार्वजनिक गर्दै गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विशेषगरी मध्यम तथा न्यून वर्गीय परिवारका विद्यार्थीलाई लक्षित गर्दै सस्तो शुल्कमा व्यावहारिक र रोजगारीमुलक शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ शुल्क सूची ल्याइएको हो ।

विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स रबिजनेस स्टडिज जस्ता लोकप्रिय विषयहरूको विस्तृत शुल्क विवरण सार्वजनिक गरेको छ ।

सस्तो शुल्कमा गुणस्तरीय शिक्षाको प्रतिबद्धता
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक उत्तम खनालले भने, ‘बिर्तामोड क्षेत्रमा अध्ययनका लागि आउने अधिकांश विद्यार्थी मध्यम वर्गीय परिवारका छन् । उनीहरुको आर्थिक अवस्थालाई ध्यानमा राख्दै हामीले न्यूनतम शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्य राखेका छौँ ।’

मुख्य आकर्षण: होटल मेनेजमेन्ट र अन्तर्राष्ट्रिय कोर्स
विद्यालयले अत्याधुनिक र सुविधा सम्पन्न प्रयोगशालामा दैनिक प्रयोगात्मक कक्षासहित होटल मेनेजमेन्टको पठनपाठन गराउँदै आएको छ ।

विद्यालयका भाइस प्रिन्सिपल तीर्थ दाहालका अनुसार होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीले होटल मेची क्राउन, मेरियट होटल, र्‍याडिसन, वेदान्त ताज जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित होटलमा इन्टर्नसिपको अवसर पाउने छन् ।

कक्षा ११ (होटल मेनेजमेन्ट): रु. ८५,००० (भर्ना, मासिक र प्रयोगात्मक शुल्क सहित)

डुअल कोर्स (मलेसियाको लिंकल कलेजसँगको सहकार्यमा): रु. २,५०,०००।

प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टस्: रु. ३,३०,०००।

(माथि उल्लेखित सबै कार्यक्रममा परीक्षा रजिस्ट्रेसनका लागि अतिरिक्त १२० डलर शुल्क लाग्नेछ ।)

सैद्धान्तिक र व्यावहारिक शिक्षा हाम्रो प्राथमिकता : प्रिन्सिपल ढकाल
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल गीता ढकालले विद्यालयले सैद्धान्तिक ज्ञानका साथै विद्यार्थीको रुचि र बजारको माग अनुसारको व्यावहारिक शिक्षामा जोड दिएको बताइन् ।

उनले भनिन्, ‘हामीले कम्प्युटर साइन्स र विजनेश स्टडिज जस्ता महत्त्वपूर्ण विषयलाई निकै सस्तो शुल्कमा उपलब्ध गराएका छौं ताकि कुनै पनि विद्यार्थी आर्थिक कारणले गुणस्तरीय शिक्षाबाट वञ्चित नहाेस् ।’

उनका अनुसार, कम्प्युटर साइन्स अध्ययनका लागि भर्ना शुल्क रु. ८,००० र मासिक शुल्क रु. ४,००० तथा विजनेश स्टडिजका लागि भर्ना शुल्क रु. ८,००० र मासिक शुल्क रु. ३,५०० मात्र तोकिएको छ ।

शैक्षिक कार्यक्रमका अलावा विद्यालयले सिटिइभिटी अन्तर्गत बारिष्टा, वेटर/वेट्रेस, बारटेण्डर, रिसेप्सनिष्ट जस्ता छोटो अवधिका व्यावसायिक तालिम समेत प्रदान गर्दै आएकाे छ ।

Adv footer