२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

मेरो डान्स युनिभर्समा नृत्य प्रस्तुत गर्दै भद्रपुरको ग्रिन फिल्ड स्कुल


बिर्तामोड, असार १५ । झापा भद्रपुरको ग्रिन फिल्ड इङलिस स्कुल मेरो डान्स युनिभर्स सिजन २ मा सामुहिक सांस्कृतिक नृत्य छायांकलका लागि काठमाडौँ प्रस्थान गरेको छ ।

आज विद्यालयले एक कार्यक्रमका बीच नृत्यमा सहभागी विद्यार्थीलाई विदाइ गरिएको प्रिन्सिपल सन्देश राईले जानकारी दिए । नृत्यको छायांकल असार १८ गते हुने जनाइएको छ ।

प्रिन्सिपल राईका अनुसार विद्यालयका कलाकारहरुले तराईमा बसोबास गर्ने मुन्डा जातिको मौलिक सांस्कृतिक नृत्यमा आफ्नो प्रस्तुति दिनेछ । नृत्यमा २८ जना विद्यार्थी सहभागी हुनेछन् ।

मुन्डा जाति झापा, मोरङ र सुनसरीमा बसोबास गर्छन् । सीमान्तकृत मुन्डा जातिले बैशाखमा सरहुल चाड मान्ने गर्छन् । उनीहरुको सांस्कृति नृत्य झुमैर हो ।

काली देवीको पूजा गर्ने यी जाति चिया बगानमा ज्यालादारी गरेर जीवन निर्वाह गर्दछन् । अल्पसंख्यक मुन्डा जातिको लोप हुन लागेको संस्कृति जोगाउन नृत्य तयार पारिएको राईले बताए ।

नृत्यको कोरियोग्राफी विद्यालयले आफैँ गरेको हो । विद्यालयले मुन्डा बस्तीमा गएर नृत्यबारे अध्ययन गरेर उनीहरुको संस्कतिसँग मिल्ने गीत संकलन गरेर नृत्य तयार पारेको राईले जानकारी दिए ।

नेपालकै ठुलो धनराशीको रियालिटी सो मेरो डान्स युनिभर्स सिजन २ मा विश्वभरिका प्रतिस्पर्धी नेपालीभाषीले भाग लिएका छन् । ग्रिन फिल्डको नृत्य कोशी प्रदेशबाट छनोट भएको हो ।

Adv footer