२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

चारआलीमा इन्डो-नेपाल अन्तर विद्यालय कराते हुने


मेचीनगर, असार १८ । झापाको मेचीनगरमा हालसम्मकै सर्वाधिक राशीको कराते प्रतियोगिता हुने भएको छ । मेचीनगरको चारआलीमा विद्यालयस्तरको कराते हुन लागेको हो ।

आयोजक वज्र स्पोर्टस् एकेडेमीका सञ्चालक फुर्वा लामाका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउँदा प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पाउनेछ ।

प्रथम इन्डो-नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिप २०२५ नाम दिइएको प्रतियोगिता यही साउन २४ गते हुने सञ्चालक लामाले जानकारी दिए ।

लामाका अनुसार छात्रछात्रा दुई विधामा २० केजीदेखि ५५ केजी तौल समूहमा प्रतियोगिता हुनेछ । विद्यालयस्तरमै कराते खेललाई प्रोत्सहान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा ओभरल च्याम्पियन हुने विद्यालयले एक लाख रुपैयाँ पाउनेछ । त्यस्तै, व्यक्तिगत पदक पाउने खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

दोस्रो हुने विद्यालयले नगद ५० हजार र च्याम्पियन हुने विद्यालयको प्रशिक्षकले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने लामाले झापा टुडेलाई जानकारी दिए ।

Adv footer