
बिर्तामोड, असार १८ । होटल म्यानेजमेन्ट पढाई हुने बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण सुरु भएको छ ।


आदर्श कलेजको आयोजना, सुरुवाती कोठा नेपाल झापा र आदर्श एम्बासडर क्लबको संयोजनमा दुई दिने आधारभूत प्राथमिक उपचारबारे अभिमुखीकरण सुरु गरिएको हो ।


कलेजका एकाडेमिक कोर्डिनेटर यज्ञराज कडरियाको अध्यक्षता तथा कलेजकी व्यवस्थापन प्रमुख अनुशा ढकाल खरेलको निगरानीमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकी थिए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले विद्यार्थीले उत्प्रेरणास्वरुप प्राप्त गरेको प्राथमिक उपचारको सीप जीवनभर काम लाग्ने बताए ।
त्यस्तै, प्राथमिक उपचार तालिम संयोजक तथा बाल सुबोधनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापाले प्राथमिक उपचारबारेको सैद्धान्तिक विषयमा जानकारी गराएका थिए ।


त्यस्तै, प्राथमिक उपचारमा आवश्यक कार्डियो पल्मोनरी रेससिट्सन, रगत बग्दाको अवस्था, स्ट्रेचर निर्माण जस्ता जोखिमको बेलामा गरिने प्राथमिक कामका बारेमा डिल्लीराम भण्डारी र हरेशरण खड्काले जानकारी दिए ।

सुरुवाती कोठा नेपालका अध्यक्ष तथा कलेजका जनसम्पर्क तथा विद्यार्थी भर्ना प्रमुख दिपक दासले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीको दुर्घटना बीमा गरिएको थियो ।

बिर्तामोडस्थित हिमालय एभरेस्ट इन्स्योरेन्स प्रालिसँगको सम्झौता पुनः नवीकरण गर्दै सबै विद्यार्थीको दुर्घटना बीमा गरिएको दासले जानकारी दिए ।