२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

लाइसेन्स प्रणालीमा समस्या, सबै सेवा बन्द


बिर्तामोड, असार २० । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (इडिएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

Adv footer