२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

झापामा नेपालकै सर्वाधिक राशीको फुटसल खेलाउन गुरुङको सुझाव


बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु भएको छ । बिर्तामोड स्पोट्र्स सेन्टरको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले झापामा नेपालकै सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता आयोजना गर्नुपर्ने बताए । उनले त्यसका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सेन्टरका सञ्चालक गणेश कटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङले बिर्तामोड स्पोट्र्स सेन्टरकै कोर्टमा पाँच लाख प्रथम पुरस्कारको फुटसल प्रतियोगिता आयोजना गर्न सुझाव दिए ।

दुई दिन चल्ने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलाम तथा भारतको सिक्किम र पश्चिम बंगालका गरी १९ वटा टिमको सहभागिता रहेको छ ।

आज पहिलो दिन पहिलो चरणबाट सुरु भएका खेल क्वार्टर फाइनलसम्म समापन हुनेछन् भने भोलि अन्तिम दिन सेमिफाइनल र फाइनल खेल सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद २५ हजार, ट्रफी र मेडल पाउने सेन्टरका सञ्चालक कटवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको उत्कष्ट गोलकिपरले नगद दुई हजार पाँच, ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार, ट्रफी र मेडल पाउनेछ ।

Adv footer