
बिर्तामोड, असार २४ । टिभिएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर स्कुटरको नयाँ भर्सन लन्च गरेको छ । विगत लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको यस स्कुटरको अपग्रेडेड भर्सनको बिक्री सुरु भएको हो ।


नयाँ जुपिटरमा प्रशस्तै बेस्ट–इन–क्लास र फस्र्ट–इन सेग्मेन्ट फिचर दिइएको छ । ११३ सिसी इन्जिन क्षमताको यस स्कुटर बजारमा उपलब्ध यही सेग्मेन्टका अन्य स्कुटरको तुलनमा पावरफुल र उच्च पर्फमेन्सयुक्त रहेको कम्पनीको भनाइ छ ।


सिभिटी गियर बक्सयुक्त सो स्कुटरलाई हल्का बनाउनका लागि विभिन्न हलुका मेटरियल र पोलिमरको प्रयोग गरिएको छ । साथै, यसको पावर ८ बिएचपी र टर्क ९.२ एनएम छ ।


बेस्ट–इन–क्लास फिचरको रुपमा टिभिएस जुपिटरमा युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट लेग स्पेस, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, इ–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलइडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन र एसबिटी सहितको डिस्क ब्रेक लगायतका फिचर छन् ।
त्यसैगरी, फस्र्ट–इन–क्लास फिचरको रुपमा डलब हेल्मेट स्पेस, आइजिओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मि हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिट लगायतका फिचर छन् ।


पहिलेको जुपिटरको तुलनामा नयाँ जुपिटरमा अपडेटेड इन्जिनका साथै सेफ्टी र अन्य धेरै फिचर थपिएका हुन् । यसको डिजाइन नै पहिलेभन्दा फरक छ ।

पहिलेको परम्परागत डिजाइनको तुलनामा नयाँ जुपिटर स्कुटरमा स्लिक एलइडी बारसहितको डिजाइन छ । त्यसैगरी नयाँ कलर अप्सनका साथै स्टोरेजका लागि फ्युल ट्यांकी पनि फ्लोरबोर्डसँगै राखिएको छ ।


फोन कनेक्टिभिटी, नेभिगेसन र भ्वाइस कमान्डका साथै ३३ लिटरको बुट स्पेस, युएसबी चार्जरलगायतका फस्र्ट–इन–क्लास र बेस्ट–इन–क्लास फिचरले यसलाई फरक बनाएको छ । नयाँ जुपिटरले यही सेग्मेन्टमा उपलब्ध होन्डा डिओ ११० र हिरो जुम ११० सँग प्रतिस्पर्धा गर्नेछ ।