
बिर्तामोड, असार २५ । यामाहा नेपालले यामाहाको ७० औँ वार्षिकोत्सवमा देशैभर एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले आज असार २५ देखि ३२ गतेसम्म सबै यामाहा सोरूमहरूमा एक्सचेन्ज अफर ल्याएको हो ।


यस विशेष उत्सवको एक भागस्वरूप ग्राहकहरूले ७ हजार रुपैयाँसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक इएमआई योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।


यसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउने कम्पनीको भनाइ छ । एक्सचेन्ज अफरमा कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा २५ हजार रुपैयाँको न्यूनतम मूल्यांकन हुुने कम्पनीले उल्लेख गरेको छ ।


अतिरिक्त १० हजार रुपैयाँसम्मको भ्यालुएसन बोनस, निश्चित मोडेलमा ० प्रतिशत ब्याजदरमा इएमआई, फ्लेक्सिबल फाइनान्स अप्सन र २ वर्ष ट्याक्स–फ्रि–राइड–फ्रि अफर, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउने कम्पनीले उल्लेख गरेको छ ।
एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सिइओ दिपककुमार अग्रवालले भने, ‘यामाहाको ७० औँ वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो ।’


नेपालमा यामाहा सधैँभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्रान्ड बन्दै आएको उनको भनाइ छ ।

यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत ग्राहकलाई यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै यामाहाको लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेको अग्रवालले बताए ।

