
बिर्तामोड, साउन १७ । प्रहरीले झापाको बुद्धशान्तिबाट अवैध काठ र ट्रयाक्टरसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । काठ इलामबाट झापा ल्याइँदै गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ८ का ४४ वर्षीय रञ्जीत राजवंशी रहेका छन् । काठधनी उनी नै हुन् वा उनी चालक मात्र हुन् भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

राजवंशीले इलामको रोङबाट गोलिया हालेर ल्याउँदै गर्दा हिजो साँझ ७ः३० बजे बुद्धशान्ति गाउँपालिका–६ गौँडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।


इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले काठ लोड भएको प्रदेश १–०१–००१ त ८५६० नम्बरको ट्रयाक्टरमा जाँच गर्दा चिलाउने र सिमल जातको गोलिया लोड गरेको भेटिएको थियो ।

चालक राजवंशीलाई आवश्यक कागजपत्र माग्दा उपलब्ध गराउन नसकेपछि गोलिया लोड भएको ट्रयाक्टरसहित उनलाई नियन्त्रणमा लिइएको इलामा प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
