२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

खनालको कवितासंग्रह ‘सिर्जनाको आँकुरो’ विमोचन


बिर्तामोड, भदौ १४ । अग्रज सहित्यकार तथा कवि झापा अर्जुनधाराका धनपति खनालले आफ्नो दोस्रो कृति विमोचन गरेका छन् । समालोचक विष्णुकुमार भट्टराई लगायत साहित्यकार तथा परिवारका सदस्यहरुले कृतिको विमोचन गरेका हुन् ।

आज अर्जुनधारास्थित भागवत आश्रममा एक कार्यक्रमका बीच खनालको कवितासंग्रह सिर्जनाको आँकुरो को विमोचन गरिएको हो ।

८० वर्षीय खनालको कवितासंग्रह सिर्जनाको आँकुरो मा ४२ वटा कविता रहेका छन् । पुस्तकको प्रकाशन खनालका ज्वाइँ तथा कतारका पुष्प व्यवसायी अर्पणबहादुर खड्काले गरेका हुन् ।

खनालको यसअघि बेला बेलाको तरंग कृति प्रकाशन भएको छ । ८० वर्षको उमेरमा पनि सक्रिय रुपमा साहित्यमा कलम चलाउँदै आएका खनाल बाहुनडाँगीका पुराना बासिन्दा हुन् ।

खनालकी बुहारी सीता दाहाल खनालले स्वागत गरेको कार्यक्रममा प्रकाशक खड्का प्रकाशकीय भूमिकाबारे जानकारी गराएका थिए भने सञ्चालन विनोद खनालले गरेका थिए ।

ख्यामचन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विष्णुकुमार भट्टराई, केशबहादुर राई, शान्तिराम मिश्रलगायतले पुस्तकबारे आआफ्नो धारणा राखेका थिए ।

Adv footer