२०८२ भदौ १८ बुधबार
Jhapa Today
Adv top

दुई लाख ८ हजारनजिक पुग्यो सुनको मूल्य


बिर्तामोड, भदौ १८ । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ लाख  ७ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजारले बढेको हो । दुई दिनअघि सोमबार सुनको कारोबार प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ । मंगलबार तोलामा २ हजार ४८५  रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Adv footer