२०८२ भदौ ३१ मंगलबार
Jhapa Today
Adv top

भद्रपुरमा हुने यु–१३ पुरुष फुटबल दोस्रो संस्करणको तयारी सुरु


बिर्तामोड, भदौ ३१ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । दोस्रो संस्करणको प्रतियोगिता असोज अन्तिममा हुनेछ ।

भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा स्तरोन्नति तथा सम्पूर्ण व्यवस्थापकीय काम सुरु गरिएको हो ।

भद्रपुर १० कलवलगुढी खेल मैदानमा असोज २५ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल कात्तिक १ गते हुने सेन्टरका अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । पहिलो संस्करणको उपाधि विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरले जितेको थियो । भद्रपुर ब्लेजर्सलाई टाइब्रेकरमा हराउँदै उपाधि विशालपुर च्याम्पियन बनेको थियो ।

Adv footer