२०८२ मंसिर १६ मंगलबार
Jhapa Today
Adv top

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो


बिर्तामोड, मंसिर १६ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार पनि सुन तोलाको २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ ।

अघिल्लो दिन सोमबार तोलाको ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १७ हजार १६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer