
बिर्तामोड, माघ २३ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड सातौँ संस्करणको झापा गोल्डकपको आधिकारिक बीमा पार्टनर भएको छ ।
विनोद बस्नेत स्मृति संस्करणको रुपमा आयोजना हुने प्रतियोगिताका लागि हिमालयन एभरेस्टले खेलाडी, अफिसियल र सचिवालय सदस्यको बीमा गरेको छ ।
हिमालयन एभरेस्टका क्षेत्रीय प्रमुख सुशील थापाका अनुसार संस्थाले प्रतियोगिता अवधिभर खेलाडी, अफिसियल र सचिवालय सदस्यहरुको दुर्घटना बीमा गरेको हो ।
हिमालयन एभरेस्टले खेलाडी र अफिसियल दुर्घटना भएर घाइते भएमा एक लाख रुपैयाँ उपचार खर्च र मृत्यु भएमा एक लाख रुपैयाँ उपलब्ध गराउने थापाले बताए ।
त्यस्तै, सचिवालय सदस्यहरु दुर्घटना भएर घाइते भएमा ५० हजार रुपैयाँ उपचार खर्च र मृत्यु भएमा एक लाख रुपैयाँ उपलब्ध गराउने उनले बताए ।
यो वर्षको झापा गोल्डकपका लागि थापा र गोल्डकपका अध्यक्ष केदार गिरीबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।




