२०८२ चैत्र ४ बुधबार
Jhapa Today
Adv top

तोलामा २२ सय रुपैयाँले घट्यो सुन


बिर्तामोड, चैत ४ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर ५ हजार १५० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Adv footer