बिर्तामोड, चैत ७ । झापाको गौरादहमा हावाहुरीसँगै वर्षा हुँदा चट्याङ पनि परेको छ । चट्याङ परेर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

हिजो राति ११ः३० बजे गौरादह-६ धोपा टोल बस्ने ५० वर्षीय अजयकुमार झाको टिनको छानो, बाँसले बारेको एकतले भान्साघर र सँगै जोडिएको ग्वालीमा चट्याङले आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट भान्साघर र ग्वाली जलेर पूर्णरुपमा नष्ट भएको छ । भान्सा घरभित्र रहेको घरयासी सामान र ६ वटा बाख्रा जलेका छन् ।
आगलागीबाट अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी कोहबरा, गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।




