बिर्तामोड, चैत ८ । झापाको कनकाईमा रहेको एक फनपार्कमा दुई समूहबीच झडप भएको छ । डिजे बजाएर नाच्ने क्रममा विवाद हुँदा हेप्पील्यानड फनपार्कमा झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झडपमा पाँचजना घाइते भएका छन् भने प्रहरीले छजनालाई पक्राउ गरेको जनाएको छ । हिजो दिउँसो ४ बजे सो घटना भएको हो ।
झडपमा झापा गाउँपालिका-५ बस्ने १८ वर्षीय मानारुल आलम, सोही ठाउँ बस्ने १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख घाइते भएका छन् ।
प्रहरीले बाह्रदशी-४ बस्ने १९ वर्षीय साहिद खान, सोही ठाउँ बस्ने १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई नियन्त्रणमा लिएको छ ।
हिजो इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद मनाउन ह्याप्पी ल्यान्डमा भेला भएका उनीहरुबीच झडप भएको हो । दुई समूहको घर हुलाकी मार्गको बिरिङ खोला वारी र पारी पर्छ ।




