२०८२ चैत्र ८ आइतबार
Jhapa Today
Adv top

वडा कार्यालयमा तथानाम भन्ने गौरीगञ्जका वडा सदस्य साह पक्राउ


बिर्तामोड, चैत ८ । झापाको गौरीगञ्ज गाउँपालिकाका एकजना वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पिएर अचेत भएका उनले वडा कार्यालयमा तथानाम भनेका थिए ।

प्रहरीका अनुसार वडा अध्यक्ष र कर्मचारीलाई तथानाम भन्ने गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर ६ का वडा सदस्य ३२ वर्षीय नितेशकुमार साह पक्राउ परेका हुन् ।

साहले वडा अध्यक्ष ४५ वर्षीय बद्रीनारायण यादव लगायत वडामा कार्यरत कर्मचारीसमेतलाई तथानाम भनेको बताइएको छ । दुवैबीच मामा भाञ्जाको सम्बन्ध रहेको छ ।

भारतबाट केटाकेटी भागेर आएको विषयलाई मिलाउने क्रममा दुवैबीच विवाद भएको जनाइएको छ । हिजो बिहान ११ बजे गौरीगञ्ज गाउँपलिका–६ नम्बर वडा कार्यालयमा साहले मादक पदार्थ सेवन गरी तथानाम भनेका हुन् ।

वडा सदस्य साहले मातेर तथानाम भनेपछि हिजो साँझ ५ बजे वडा अध्यक्ष यादवले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएपछि साहलाई नियन्त्रणमा लिइएको हो ।

Adv footer