२०८२ चैत्र ८ आइतबार
Jhapa Today
Adv top

एकैदिन तोलामा साढे १२ हजारले घट्यो सुन


बिर्तामोड, चैत ८ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Adv footer