
बिर्तामोड, चैत ८ । झापाको बुद्धशान्तिमा आज बिहानदेखि देखापरेको चितुवा स्थानीयबासीको आक्रमणमा मरेको छ । चितुवालाई आक्रोसित स्थानीयबासीले ढुंगाले हानेर मारेका हुन् ।
बिहान ८ बजेतिर बुद्धशान्ति–४ स्थित टिमाई शिविरनजिकै मकैबारीको बीचमा निगाले चितुवा देखिएको एकजना स्कुल बसका चालकले जानकारी गराएका थिए ।
त्यसपछि चितुवा हेर्न ठुलो भीड लागेको थियो । डिभिजन वन कार्यालय झापाबाट चितुवालाई नियन्त्रणमा लिन नसकेपछि कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली मगाइएको थियो ।

आज साँझपख भीड नियन्त्रणभन्दा बाहिर गएपछि चितुवालाई ढुङ्गा प्रहार गरेर स्थानीयबसास्ले मारेको प्रहरीले जनाएको छ ।
चितुवालाई नियन्त्रण लिने क्रममा सशस्त्र प्रहरी बल नेपाल टिमाई बेस क्याम्पका सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठसहित पाँचजना घाइते भएका छन् ।




