बिर्तामोड, चैत १० । झापाको कचनकवलमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल ४ केचनामा सिटी सफारीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कचनकवल-४ का ५० वर्षीय सुकदेव गणेश रहेका छन् । उनी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बनियानीबाट केचना जाँदै थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ ६ः३० बजे बनियानीबाट लोधाबारी जाँदै गरेको बिआर–११–सि–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारी एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गणेश गम्भीर घाइते भएका थिए । उनलाई भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पतालमा उपचारको लागि पठाइएकोमा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय केचनाले सिटी सफारी चालक कचनकवल–४ बस्ने १९ वर्षीय सैजन मियालाई नियन्त्रणमा लिएको जिल्ला प्रही कार्यालय झापाले जनाएको छ ।




