२०८२ चैत्र १६ सोमबार
Jhapa Today
Adv top

मेची राजमार्ग पुनः अवरुद्ध


बिर्तामोड, चैत १६ । हिजो राति अवरुद्ध भएर एकतर्फी खुलाइएको मेची राजमार्गको इलामस्थित रोङको बाघखोर खण्ड पुनः रोकिएको छ । आज बिहान फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा रहेको मेची राजमार्गमा आज बिहान फेरि पहिरो गएको हो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि हिजो साँझ सुख्खा पहिरो झरेर अवरुद्ध भएको मेची राजमार्ग एकतर्फी सञ्चालनमा आएको थियो । हिजो राति १०ः५० बजे बाटो एकतर्फी सुरू गरिएको थियो । पहिरोले पुरिएको ट्रक घटनास्थलमा नै रहेको छ ।

इलामको रोङ गाउँपालिका-४ बाघखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुख्खा पहिरो झरेर इलामबाट झापातर्फ आउँदै गरेको ट्रक पुरिएको हो ।

Adv footer