२०८२ चैत्र १७ मंगलबार
Jhapa Today
Adv top

अदुवा खोलामा मोटरसाइकल खस्दा अधिकारी घाइते


बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड-३ स्थित अदुवा खोलाको पुलबाट मोटरसाइकल खस्दा त्यसका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

ती चालक हिजो साँझ पौने ८ बजे मोटरसाइकल अनियन्त्रित भएर पुलबाट खोलामा खसेका थिए । दुर्घटनामा हल्दिबारी-५ का ३० वर्षीय पर्शुराम अधिकारी गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट हल्दिबारीतर्फ जाँदै गरेको मे. ९ प ९३४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई खोलामा खसेर दुर्घटना हुँदा अधिकारी घाइते भएका हुन् ।

उनको टाउको र हातखुट्टामा चोट लागेको छ । अधिकारीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ ।

Adv footer