२०८२ चैत्र १७ मंगलबार
Jhapa Today
Adv top

तोलामा ६ हजारले बढ्यो सुन


बिर्तामोड, चैत १७ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ६ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ७ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ८४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Adv footer