२०८२ चैत्र १९ बिहीबार
Jhapa Today
Adv top

घट्यो सुनचाँदीको मूल्य


बिर्तामोड, चैत १९ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९४५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Adv footer