
बिर्तामोड, बैशाख ३ । झापा भद्रपुरको एक विद्यालयका दुईजना खेलाडी नेपाली राष्ट्रिय हक्की टिममा छनोट भएका छन् । भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलका विद्यार्थी हक्की टिममा परेका हुन् ।
विद्यालयका सहायक प्रिन्सिपलल विवेक चम्लागाईंका अनुसार विद्यालयका विद्यार्थी सुदिप चौधरी र सौरभ दंगाल पुरुष राष्ट्रिय हक्की टिममा छनो भएका हुन् । उनीहरु कक्षा ११ का विद्यार्थी हुन् ।

गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा चौधरी तत्कालीन प्रदेश १ को टिमबाट सहभागी थिए भने दंगालले विभिन्न राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश टिमबाट सहभागिता जनाएका छन् ।

चौधरी अट्याकिङ फरवार्डर हुन् भने दंगाल डिफेन्सिप मिडफिल्डर हुन् । उनीहरु दुवैजना भद्रपुर–९ का स्थायी बासिन्दा हुन् । चौधरी र दंगालसँगै भद्रपुर–९ का सातजना पुरुष टिम र दुईजना महिला राष्ट्रिय टिममा छनोट भएका छन् ।
तत्कालीन हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का बस्ने ठाउँ भद्रपुर–९ भएकाले खेलाडीहरु पनि सोही वडाका मात्र भएका हुन् । पुँहातुबारीमा प्रशिक्षक खड्का बस्दै आएका थिए ।




