
बिर्तामोेड, बैशाख ६ । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरादह-१ सीतापुरीचोकमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक-९ बस्ने २७ वर्षीय पदमबहादुर मगर रहेका छन् । उनी हिजो राति ०७ः५० बजेको दमकबाट गौरादहतर्फ जाँदै थिए ।

दिपबहादुर मगरले चलाएको प्र.१–०१–०१५ प ७५ नम्बरको माटरेसाइकल अनियन्त्रित भएको थियो । दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका मगरको मृत्यु भएको हो ।

चालक ३३ वर्षीय दिपबहादुर मगरलाई भने चोट नलागेको प्रहरीले जनाएको छ । पदमबहादुरको भने दाहिने आँखाको डिलमा चोट लागेको थियो । उनलको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान मृत्यु भएको हो ।






